काठमाण्डु – अवैध रूपमा भन्सार छलेर सुनको कारोबार गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँकेको खजुरा गाउँपालिका–८ बस्ने २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासीको पूर्व गैंडाकोट नगरपालिका–१३ घर भई काठमाण्डु महानगरपालिका–२६ बस्ने ४३ वर्षीय सन्तोष परियार र तनहुँको भानु नगरपालिका–७ घर भई काठमाण्डु महानगरपालिका–२६ बस्ने २५ वर्षीय अन्जिल गुरूङ रहेका…