सेवाग्राहीबाट घुस लिँदालिँदै सबइन्जिनीयरसहित २ जना पक्राउ

काठमाण्डु – सेवाग्राहीसँग घुस लिँदालिँदै पोखरा महानगरपालिकाकी सबइन्जिनीयरसहित २ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिकाको नक्शा शाखामा कार्यरत सबइन्जिनीयर उषाकिरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको छ । अख्तियारले सेवाग्राहीबाट लिएको १ लाख ५० हजार…