काठमाण्डुमा नक्कली मदिराको कारोबार, यसरी भयो खुलासा

काठमाण्डु – राजधानी काठमाण्डु उपत्यकामा स्वदेशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिराहरू उत्पादन गरी कालोबजारी हुने गरेको पाइएको छ । प्रहरीले नक्कली मदिरा बेचेको आरोपमा ९ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डुको कोटेश्वर बस्ने रामेछापको खाँडादेबी गाउँपालिका–२ घर भएका ३६ वर्षीय विनोदकुमार कार्की र सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका ४० वर्षीय लेखविक्रम थापा…