काठमाण्डु – अमेरिका पठाएर रोजगारी दिलाई मासिक ४ लाख तलब हुने प्रलोभनमा पारेर साढे २३ लाख ठगी गर्ने महिला पक्राउ परेकी छन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महतलाई पक्राउ गरेको छ । उनले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाउन ५० लाख लाग्ने र…