काठमाडौं - नागढुंगाबाट खटिएको प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगबार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट सुनसरीको धरानका २४ वर्षीय शैलेस तामाङ र दाङ घाराहीका २० वर्षीय उज्वल गिरीलाई पक्राउ गरेको हो । बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ९९८८ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले…