धादिङको गजुरीबाट १०५ केजी चरेससहित तीन पक्राउ

धादिङ - धादिङको गजुरीबाट १०५ किलोग्राम चरेससहित प्रहरीले आइतबार बिहान तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जान लागेको ना५ख २८१२ नंको बसमा लुकाइछिपाई लान लागिएको अवस्थामा सो चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले जानकारी दिए । पक्राउ पर्नेमा बसचालक वीरगञ्ज उपहानगरपालिका–८ का ४५ वर्षीय लालबहादुर साह, बारा जिल्ला…