किशोरी बलात्कारका फरार अभियुक्त जेल चलान

धरान - दश महिना अगाडि हाडनाता पर्ने एक किशोरी बलात्कार गरी फरार रहेका धरान–५ साउनेका झमकबहादुर बस्नेत अदालतमा हाजिर भएका छन्। पुस १० गते अदालतमा हाजिर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न क्षेत्रीय कारागार कार्यालय झुम्का पठाइएको छ। १० महिना अगाडि हाडनाता पर्ने किशोरीलाई पटक-पटक बलात्कार गरेको भन्दै पीडितका परिवारले गत असार ८ गते इलाका…