सिरहामा लागूऔषधसहित पाँच जना पक्राउ

लहान - सिरहाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित पाँच युवकलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको गस्ती टोलीले बरियारपट्टी गाउँपालिका–३ मा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा गए राति लागूऔषधसहित उदयपुरको त्रियुगा नगरपालिका–३ निवासी २८ वर्षीय देवकुमार तामाङ, सोही ठाउँका २६ वर्षीय नागेश्वर चौधरी र ३१ वर्षीय रोहितकुमार चौधरीलाई पक्राउ…