त्रिभुवन विमानस्थलमा स्वास्थ्यमन्त्री पौडेलको आकस्मिक बैठक, एमपक्स फैलिन नदिन निर्देशन

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा एमपक्स जोखिमसँग जुध्न अपनाइएको सजगताबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्थलगत निरीक्षण गर्दै सम्बद्ध अधिकारीहरूको आकस्मिक बैठक डाकेर जोखिम फैलिन नदिन निर्देशन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमपक्स फैलिन नदिन विमानस्थल हुँदै स्वदेश आउने यात्रुका लागि हेल्थ डेस्कमार्फत निगरानी र सचेतनामूलक जानकारी दिँदै आएको छ ।…