सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेका हुन् । नेपाल विद्युत् प्राधिकरण विद्युत् महसुल संकलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत् महसुल छुटको…