काठमाण्डु - असोज १८ र १९ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बिपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु गरिएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन निर्माण सुरु गरिएको हो । खोलाको बहाव केही कम भएपछि सोमबारदेखि काम अघि बढाइएको उनले जानकारी दिए…