राप्रपा उपाध्यक्ष गिरी पदमुक्त, नेता कार्यकर्तालाई पार्टीको हित विपरीत अभिव्यक्ति नदिन उर्दी

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेको छ । शुक्रबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाएका हुन् । अलगत गरेको राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। गिरी मनोनित उपाध्यक्ष हुन्। यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र…