काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले शिक्षक आन्दोलनलाई आफ्नो राजनीतिक स्वार्थअनुरूप मुठभेडमा लैजाने षड्यन्त्र भएको बताएका छन् । आईतबार काठमाण्डुमा भएको शिक्षकहरूको प्रदर्शनमा भएको उच्छृंखल गतिविधिप्रति टिप्पणी गर्दै पोखरेलले शिक्षक आन्दोलनलाई मुठभेडमा लैजाने तत्वहरूको चलखेलले दुःखद अवस्था सिर्जना भएको टिप्पणी गरे । उनले घटनामा घाइते शिक्षक, पत्रकार र प्रहरीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका…