रवि लामिछानेले सर्वोच्चमा दिए बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाण्डु– सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका छन्। आफूलाई गैरकानुनी थुनामा राखेको दाबी गर्दै रविले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् । उनका तर्फबाट श्रीमती निकिता पौडेलले आइतबार निवेदन दर्ता गराएकी हुन्। उक्त निवेदनको प्रारम्भिक सुनुवाइका लागि सोमबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले…