काठमाण्डु– काठमाण्डु केन्द्रित आन्दोलन गर्दै आइरहेको शिक्षक–कर्मचारीहरुले आइतबार बिहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ ।

गत चैत्र २० गतेबाट नियमित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आइतबार राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले विहान ९ बजे नै मण्डलामा जम्मा भएका हुन् ।





प्रतिक्रिया