काठमाण्डु–काठमाडौँको कीर्तिपुर नगरपालिका– ४ को वडाध्यक्षमा कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन्। ७४२ मत ल्याएर बानियाँ वडाध्यक्षमा विजयी भएका हुन् । बानियाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ४९५ मत, माओवादी केन्द्रका नारायण विष्टले २८७ मत, एमाले उम्मेदवारले १५३ मत र राप्रपाका बिजेस बस्नेतले ८७ मत पाएका छन्।