राष्ट्रिय प्रसारण प्रणालीमा थपियो १६८ मेगावाट विद्युत

काठमाण्डु–नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा १६८ मेगावाट थपिएको छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत आयोजनाबाट १६८ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो । तीन वटै आयोजनाबाट उत्पादित विद्युत रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको प्राधिकरणले जनाएको छ ।…