काठमाण्डु – नेपाल साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा आईतबार समूह ‘ए’को उपविजेता भारतसँग खेल्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध ४ गोलको अग्रता लिएको थियो ।…