काठमाण्डु – विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले विपद् प्रभावित स्थानीय तहलाई वर्गीकरण गर्ने निर्णय गरेको छ । समितिको २७औं बैठकले असोज १०–१३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबान प्रभावित स्थानीय तहलाई क्षतिको आधारमा अति प्रभावित, प्रभावित र सामान्य प्रभावित स्थानीय तहलाई वर्गीकरण गरी तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।…