झ्याप्लेखोलामा पुरिए स्याङ्जाका आमासहित जुम्ल्याहा दाजुबहिनी

काठमाण्डु – शनिबार बुटवलबाट काठमाण्डौंका लागि छुटेको लु १ ज ४५७८ नम्बरको माइक्रो (विंगर) धादिङको झ्याप्लेखोलामा आएको पहिरोमा पुरियो । विंगर पहिरोमा पुरिएपछि त्यसमा सवार चालकसहित १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परेर स्याङजाको गल्याङ नगरपालिका वडा नं ३ का सिता भट्टराईसहित उनका जुम्ल्याहा छोराछोरी दिपेश भट्टराई र दिपिका भट्टराई पुरिएका छन्…