काठमाण्डु – निरन्तरको वर्षाका कारण मौसम खराब भएपछि आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । त्रिभुवन विमानस्थलबाट लगातारको वर्षाले भिजिबिलिटी कम भएपछि भद्रपुर, पोखरा, भरतपुर, विराटनगर, तुम्लिङटार, सुर्खेतसहितका विमानस्थलमा उडान भएका छैनन् । धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र…