मंसिर १६ गते उपनिर्वाचन गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डु– निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी उपनिर्वाचनको मिति तोक्न प्रस्ताव गरेका हुन् । स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको…