एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा पाण्डे निर्विरोध

काठमाण्डु –नेकपा (एकीकृत समाजवादी)को वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् । अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । निर्वाचन समितिले यसबारे अझै औपचारिक घोषणा भने गरिसकेको छैन । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डे अहिले प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित सदस्य हुन् । यसअघि पाण्डे पार्टीमा उपाध्यक्ष थिए ।