काठमाण्डु–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डा मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले उनलाई निष्काशन गर्ने निर्णय गरेको हो।
गत वैशाखमा इलाममा भएको उपनिर्वाचनपछि ढकालले विभिन्न जिल्ला भ्रमण गरेर पार्टीको समीक्षा प्रतिवेदन तयार पारेका थिए ।
उक्त प्रतिवेदनमा पार्टी सभापति रवि लामिछानेको कार्यशैली तथा पार्टी सञ्चालन प्रक्रियाको आलोचना गरिएको आरोप लगाउँदै रास्वपाले गत असार २५ गते महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट पदमुक्त गरेको थियो ।
उनलाई गत असार १२ गते पहिलो र यही भदौ ६ गते दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो ।
पहिलो पटक सोधिएको स्पष्टीकरणमा ढकालले सभापति लामिछानेमाथि उल्टै प्रश्न तेर्स्याएका थिए ।
त्यसपछि उनीमाथि अन्तिम पटक स्पष्टीकरण सोधिएको थियो । दोश्रो पटकको स्पष्टीकरणमा उनले लामिछाने माथि भ्रष्टाचार मुद्दामा जेल हाल्न सक्ने प्रमाण आफू सँग रहेको बताएपछि रास्वपाले ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गर्ने तयारी गरेको थियो ।
प्रतिक्रिया