काठमाण्डु-नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ मा रहेको नेपाली महिला टोली श्रीलंकाको राङगिरी डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा भारतविरुद्ध ८२ रनले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । भारतले दिएको १७९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९…