काठमाण्डु – काठमाण्डु महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा राजेन्द्रकुमार श्रेष्ठसहित एमालेको प्यानल नै निर्वाचित भएको हो । निर्वाचित महर्जनले एक हजार ३७९ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवासर सूर्यलाल महर्जनले ९२७ मत पाएका छन् । यसअघि, काठमाण्डु–१ को वडाध्यक्षमा एमालेकै भरतलाल श्रेष्ठ विजयी भइसकेका छन् ।