काठमाण्डु – आसन्न स्थानीय तह निर्वाचनमा चासोपूर्वक हेरिएकोमध्ये एक जिल्ला पूर्वी नेपालको इलाम पनि हो । एमालेको पकड क्षेत्र मानिने इलाम पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख सुवास नेम्वाङको गृहजिल्ला हो । दुवैजनाका लागि स्थानीय निर्वाचनको परिणाम प्रतिष्ठा बन्ने देखिन्छ । किनकि ०७४ को निर्वाचनमा जिल्लाका १० पालिकामध्ये एमालेले सात र कांग्रेसले तीन पालिका जितेको थियो…