१७ वर्षपछि द्वन्द्वरत देश कंगो शान्ति मिसनमा खटिँदै नेपाल प्रहरी

काठमाडौं - राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ। राष्ट्रसंघले दुई जना नेपाल प्रहरीको अधिकृतलाई कंगोका लागि छनोट गरेको हो। डिएसपी सुरेश काफ्ले र इन्स्पेक्टर तुलसा खतिवडा आगामी महिना कंगो जान लागेको नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघ शाखाका प्रमुख एसएसपी विभूतिराज पाण्डले बताए। यसअघि नेपाल प्रहरीका दुई जना अधिकृत मात्र शानित…