कोशीमा आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन

विराटनगर – कोशी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचानवादी पक्षधरले पुनः आन्दोलन घोषणा गरेपछि प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारी र भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राई छन् ।…