काठमाण्डु– नेपाली कांग्रेसले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि देशव्यापी रुपमा नेता खटाएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संगठनलाई जिताउन पार्टीबाट प्रदेशगत रुपमा ७ नेतालाई खटाएको हो । पार्टी शीर्ष तहबाट स्ववियु निर्वाचनको आन्तरिक तयारीका लागि संयोजकको जिम्मेवारी महामन्त्री विश्वप्रकाश शर्मालाई दिइएको छ भने पार्टी केन्द्रीय कार्यालयबाट संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य नानु…