काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापित गरेर कार्यकारी अधिकार निर्वाचित प्रधानमन्त्रीलाई दिनुपर्ने बताएका छन् । राप्रपा लुम्बिनी प्रदेशले शनिबार बुटवलमा आयोजना गरेका बृहत् आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले वर्तमान संघीयता असफल रहेको भन्दै प्रदेश व्यवस्था खारेज गर्नुपर्ने, संसद्लाई पुनः समानुपातिक बनाउने तथा निर्वाचित प्रधानमन्त्रीलाई २ कार्यकालसम्म सीमित गर्नुपर्ने बताए ।…