नेताहरूसँगको छलफलपछि सांसद बजगाईंविरुद्ध पार्टीमा उजुरी दिने तयारीमा पर्यटनमन्त्री पाण्डे

काठमाण्डु – नेपाली कांग्रेसका नेताद्वय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंबीच देखिएको आरोपप्रत्यारोप अब पार्टीमा उजुरीसम्म पुग्ने भएको छ । सामाजिक सञ्जाल फेसबुकमा सांसद बजगाईंले भैरहवास्थित टाइगर प्यालेस होटलमा रोयल टाइगर रिक्रिएसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा पर्यटनमन्त्री पाण्डेले घूस खाएको आरोप लगाएपछि सुरु भएको द्वन्द्व पार्टीमा उजुरीसम्म पुग्ने…