काठमाण्डु – विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । काठमाण्डुमा शनिबार आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई कानूनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिए । संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ । नेपाली कांग्रेसका नेता तथा…