प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस

काठमाण्डु–प्रतिनिधि सभाको सचिवमा हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम झापाका राईलाई सचिव नियुक्तिका लागि सिफारिस गरेका हुन्। प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा…