ढल्केबर–लोहारपट्टी १३२ केभी प्रसारण लाइन सञ्चालनमा आयाे

काठमाण्डु– धनुषा, महोत्तरी तथा आसपासका क्षेत्रमा गुणस्तरीय विद्युत् प्रवाहका लागि महत्वपूर्ण मानिएको १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । ढल्केबर–लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी १३२ केभी सबस्टेसन निर्माण सम्पन्न गरी आजदेखि…