जसरी विद्युत नकाट्न भनियाे त्यसरी नै महशुल उठाउन निर्देशन दिनु पर्‍याे : हरि ढकाल

जसरी विद्युत नकाट्न भनियाे त्यसरी नै महशुल उठाउन निर्देशन दिनु पर्‍याे : हरि ढकाल


 काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएका छन् ।

 प्रतिनिधिसभाको जारी बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन । 

‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टाचारले हो,’ ढकालले भने ।

उनले जसरी विद्युत नकाट्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए त्यसरीनै महशुल उठाउन निर्देशन दिनुपर्ने बताए । 

 ‘प्रधानमन्त्रीज्यूले जसरी विद्युत नकाट्न भन्दै जुन निर्देशन दिनु भएको थियो, त्यसरी नै विद्युत महशुल उठाउन पनि निर्देशन दिनु पर्यो’ उनले भने । 

 विद्युत प्राधिकरणले २२ अर्ब मध्ये १६ अर्ब छुट दिएको उल्लेख गर्दै अहिले ६ अर्बमा सीमित पारिएको भन्दै त्यसमा छानबिन गर्नु पर्ने माग पनि रास्वपाले राखेको छ ।