अभिनेता दिलीप रायमाझीलाई पितृशोक

काठमाण्डु- अभिनेता दिलीप रायमाझीका बुबाको निधन भएको छ । दिलीपका बुबा आनन्दकुमार रायमाझीको ७८ वर्षको उमेरमा गएराति निधन भएको हो। लामो समयदेखि अस्वस्थ रहेका उनको कीर्तिपुर अस्पतालमा निधन भएको हो। अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौँ आइपुगेका छन् भने उनको पार्थिव शरीरलाई आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँने परिवार स्रोतले बताएको छ ।