काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवार छनोटको कार्यतालिका सार्वजनिक गरेको छ । पुस ३ गते प्रारम्भिक उम्मेदवारको नामावली प्रकाशन गर्ने रास्वपाले जनाएको छ । पुस ३ र ४ गते प्रारम्भिक उम्मेदवारउपर दाबीविरोधका लागि समय तोकिएको रास्वपाको उम्मेदवार छनोट समिति संयोजक विपिन कुमार आचार्यले जानकारी दिए ।…