काठमाण्डु-परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कतारको राजधानी दोहा पुगेकी छन् । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी)को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सहभागी भएकी हुन् । त्यहाँ उनी विभिन्न द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहेकी छन् । सम्मेलनको ‘साइडलाइन’ मा परराष्ट्रमन्त्री डा. राणाले विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन् ।…