इरानमाथि प्रतिबन्ध लगाउने युरोपेली आयोगको निर्णय

काठमाण्डु – युक्रेनविरुद्ध प्रयोग गर्न रुसलाई क्षेप्यास्त्र र ड्रोन हस्तान्तरण गरेको आरोपमा प्रमुख इरानी अधिकारी र एयरलाइन्स सहितका संस्थाहरूविरुद्ध युरोपेली आयोगले प्रतिबन्ध लगाउने निर्णय गरेको छ । युरोपेली आयोगका विदेशमन्त्रीले इरान एयर लगायत ७ संस्था, उपरक्षामन्त्री सैयद हम्जेह घलान्डारी, रिभोलुसनरी गार्डस् कुद्स फोर्सका वरिष्ठ अधिकारीहरूसहित ७ जना व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ । प्रमुख युरोपेली शक्तिहरू…