काठमाण्डु– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले २ वटा विधेयक प्रमाणित गरेका छन् । दाहालले बुधबार सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । आजै ती विधेयक राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरणका लागि शीतल निवास पठाइने दाहालको सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेले प्रमाणीकरण गरेपछि ऐन प्रारम्भ हुनेछ।