काठमाण्डु – संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा काठमाण्डुको दरबारमार्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुुगेका हुन् । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजमा प्रधानमन्त्री ओली पुुग्दा सहभागीले तालीको गडगडाहटबाट स्वागत गरेका…