डेंगु संक्रमण तीव्र, जोगिने कसरी ?

गण्डकी- गण्डकी प्रदेशमा डेंगु संक्रमण तीव्र भइरहेका बेला उक्त रोगको संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्। संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ। धौलागिरि उपप्रादेशिक अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले डेंगु संक्रमण हुँदैमा आत्तिहाल्नु नपर्ने बताए। डेंगु संक्रमणपछि…