काठमाण्डु– बुद्ध एयरले आफ्नो यात्रुहरूका लागि केही विमानस्थल अस्थायी रूपमा बन्द रहेको जानकारी गराएको छ । बुद्ध एयरका अनुसार हाल तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल अस्थायी रूपमा बन्द भएका हुन् । यस बाहेक देशभरिका अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन्। एयरलाइन्सका अनुसार बन्द विमानस्थलमा मौसमी अवस्थाका कारणले उडान संचालन रोकिएको हो। मौसममा…