नेकपा एसको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाण्डु-नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । आइतवारबाट सुरु भएको बैठक भोलिसम्म चल्ने बताइएको छ । बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिनेछ । पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको जिम्मेवारी तोकिनुका साथै केही नेताको जिम्मेवारी हेरफेर गर्ने पनि बताइएको छ…