जनकपुरधाम – मिथिलाञ्चलसहित तराई–मधेशमा बुधबार अन्नकुट पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाइटीकाको १ दिन पहिला मनाइने अन्नकुट पर्वका लागि जनकपुरधामका मठ मन्दिरहरू बिहानैदेखि नै तयारीमा जुटेका छन् । यस पर्वमा न्यूनतम ५६ व्यञ्जन बनाएर भगवान्लाई चढाउने गरिनुका साथै सम्पूर्ण श्रद्धालुहरूलाई पनि सोही बनेका परिकारहरू प्रसाद स्वरूप खुवाउने गरिन्छ । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामले लंकामा विजय…