टी-२० विश्वकप : श्रीलंका समूह चरणबाट बाहिरिएपछि मुख्य प्रशिक्षक सिल्भरवुडले दिए राजीनामा

काठमाण्डु –अमेरिका र वेस्टइन्डिजमा जारी टि–२० विश्वकप क्रिकेटमा श्रीलंका समूह चरणबाट बाहिरिएपछि टिमका मुख्य प्रशिक्षक क्रिस सिल्भरवुडले राजीनामा दिएका छन् । सन् २०२२ मा श्रीलंका क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका सिल्भरवुडले राजीनामाको कारण भने परिवारसँग समय बिताउनका लागि उल्लेख गरेका छन् । ‘अन्तर्राष्ट्रिय प्रशिक्षक हुनु भनेको प्रियजनबाट लामो समय टाढा हुनु हो। मेरो परिवारसँग…