काठमाण्डु- राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पु¥याएको क्षतिपछिको पुनःनिर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् । उनले भूकम्पका कारण सञ्चार क्षेत्रमा पु¥याएको…