सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

काठमाण्डु- सुक्खा पहिरोका कारण गए रातिदेखि कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी सडकखण्ड अवरुद्ध भएको छ। बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका-८ बरालवाको भीरमा गएराति सुक्खा पहिरो खसेको हो। पहिरोले बागलुङ-गृल्मीखण्डअन्तर्गत मालढुङ्गा-अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ। बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ। काम चलिरहेकै बेला गएराति पहिरो खसेपछि…