ओमानमा अलपत्र नेपाली युवतीको उद्धार

झापा - वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी झापाको मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजवंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ । गएको असोज ३० गते स्काई अफ दी वर्ल्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार रुपैयाँ तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो । ब्युटीपार्लरको…