काठमाण्डु – हमासको आक्रमणपछि इजरायलले लगातार प्यालेस्टाइनमाथि गरिरहेको आक्रमणको विरोधमा बहृत् नागरिक आन्दोलनले प्रदर्शन गरेको छ । ललितपुरको पाटन दरबार सक्वायर क्षेत्रमा मंगलबार गरिएको प्रदर्शनमा प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाइएको छ । इजरायलले युद्धविराम गरेर छलफलबाट निकास निकाल्नुपर्ने प्रदर्शनकारीको माग छ । प्रदर्शनकारीले नदीदेखि समुन्द्र प्यालेस्टाइन स्वतन्त्र, प्यालेस्टाइनको साथ छौं, भूमि खोस्न पाइँदैन, देश हत्याउन पाइँदैन,…