काठमाण्डु – नेपाल र संयुक्त राज्य अमेरिकाबिच सांस्कृतिक सम्पदाको सुरक्षा र अवैध ओसारपसार नियन्त्रण गर्ने उद्देश्यले बिहीबार सम्झौता भएको छ । झण्डै ४ वर्षको गृहकार्य र सहकार्यपछि बिहीबार दुवै देशबीच सांस्कृतिक सम्पत्ति सम्झौतामा औपचारिक हस्ताक्षर भएको छ । काठमाण्डुमा बिहीबार आयोजित विशेष समारोहमा नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस…